काठमाडौं ।
नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढ्दै तीन लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला तीन लाख चार हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला पाँच हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँ घट्दै पाँच हजार दुई सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस पाँच हजार ३२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।











प्रतिक्रिया