झापा ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समग्र विकासका लागि भौतिक पूर्वाधार, सामाजिक अन्धविश्वासको अन्त्य र सुदृढ राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्।
झापाको गौरीगञ्जमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले नेतृत्वमा अघि बढाइएका विकास आयोजनाले जनजीवनमा सकारात्मक परिवर्तन ल्याएको दाबी गरे।
हुलाकी राजमार्ग र ठूला पुलजस्ता आयोजनाहरू अहिले यथार्थमा परिणत भएको उल्लेख गर्दै उनले गरिबी र पछौटेपनलाई संस्कृतिका रूपमा स्वीकार्न नहुने बताए। शिक्षा नै विकासको आधार भएको भन्दै सबै जातजातिका बालबालिकालाई उच्च शिक्षासम्म पुर्याउन आग्रह गरे। ओलीले एमालेको नेतृत्वमै राष्ट्रिय साख मजबुत हुने र विकासले गति लिने दाबीसमेत गरे।











प्रतिक्रिया