उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुर र मातहतका प्रहरी इकाई कायाृलयहरुबाट खटिएको प्रहरी टोलीले शनिबार र आइतबार गरी विभिन्न मुद्दामा दोषी ठहरिएका १६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार पक्राउ परेका फरार प्रतिवादीहरुमा सवारी ज्यान मुद्दाका १जना,लागु औषध मुद्दाका ३ जना, शरीर अंगभंग मुद्दामा २ जना, दोहोरो नागरिकता लिएको कसुरमा १ जना, चेक अनादर मुद्दामा २ जना, कुटपिट मुद्दामा ४ जना, नकवजनी मुद्दामा १ जना, वन मुद्दामा १ जना, र वैदेशिक रोजगारी ठगी मुद्दामा १ जना गरी जब्ममा १६ जनालाई पक्राउ गरिएको र उनीहरुलाई रु. १ लाख ५० हजार जरिवाना तोकिएको थियो ।
पक्राउ परेका १६ जनालाई न अदालतको फैसला कार्यान्वयनकालागि उदयपुर जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको ।











प्रतिक्रिया