काठमाडौँ ।
हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई भूभागमा तुवाँलो र हुस्सु लागेको छ भने सुदूरपश्चिम, कर्णाली तथा उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बादल लागेको छ। आज दिउँसो तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु रहने सम्भावना छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति तराईका थोरै स्थानमा तुवाँलो रहनेछ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।











प्रतिक्रिया