काठमाडौं ।
अवैध रूपमा संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला ओसारपसार तथा खरिद–बिक्री मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला बाग्लुङ बरेङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९ बस्दै आएका ४६ वर्षीय तारा बहादुर थापा काठमाडौैं जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, सुन्धारामा थुनामा रहेका थिए। तर, गत भदौ २४ गते Gen-Z आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए।
फरार भएपछि लुकिछिपी बस्दै आएका थापालाई खोजतलासका क्रममा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाडौंको टोखा नगरपालिका–११, बानियाँटार क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ परेका प्रतिवादी थापालाई आवश्यक कारबाहीका लागि पुनः केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, सुन्धारामा पेश गरिएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया