नयाँ दिल्ली।
श्रीलंकामा स्थापना भएको सार्क फाउन्डेशनले लोकतन्त्र, मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा योगदान पुराएका नेपाल, भारत, बंगलादेस र श्रीलंकाका विभिन्न व्यक्तिहरुलाई साउथ एसियन हिरो अवार्ड– २०२६ बाट सम्मान गरेको छ ।
भारतको नयाँदिल्ली स्थित होटल क्राउन प्लाजामा शुक्रबार साँझ आयोजित विषेश क्रार्यक्रमका बिचमा उनीहरुलाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरुमा सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा (नेपाल), महासचिव मो.अब्दुर रहमान (बंगलादेस), सदस्य स्मीता मिश्र (भारत) रहेका छन् ।
सम्मानपछि संक्षिप्त प्रतिकृया दिदै सार्क पत्रकार मञ्चका अन्तराष्ट्रिय अध्यक्ष लामाले यस्तो खालको सम्मानले पत्रकारलाई लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्न उर्जा थप्ने बताए । उनले सार्क पत्रकार मञ्चले शान्ति लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दे आएको बताए ।
यसैगरी सार्क पत्रकार मञ्च नेपालका रुद्र सुवेदी, सार्क जनलिस्ट फाेरमा नेपाल च्याटरका कार्यबाहक अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठ, अजमत अलि सिद्दिकी, भारतका अनुरुद्ध सुधान्शु, डा शशीभुषण कुमार, श्रीलंकाको राहुल सामन्थलगायत दर्जनौ व्याक्तिहरु साउथ एशिएन हिरो– २०२६ बाट सम्मानित भएका छन ।
सार्क फाउन्डेशका अध्यक्ष डा अमिला मोरेमाडाले दक्षिण एसियामा लोकतन्त्र, मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि योगदान गरेका व्यक्तिहरुलाई अगामी दिनमा पनि आफ्नो संस्थाले सम्मान गर्ने बताए ।
उनले आफ्नो संस्थाले दक्षिण एसियामा लोकतन्त्र, मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि काम गर्दै आएको बताए ।











प्रतिक्रिया