नवलपरासी।
नवलपरासी पूर्वकाे कावासाेती १४ मा आइतबार राती ३ ओटा माेटर साईकल ठोक्किँदा एक किशाेरकाे मृत्यु भएकाे छ ।मृत्यु हुनेमा देबचुली १७ बस्ने २८ वर्षीय युवक ओम प्रकाश खाेजवारकाे मृत्यु भएकाे जिप्रका पूर्वीनवलपरासीले जनाएकाे छ ।
स्थानीय अग्याैली स्थित गाेडारबाट डण्डा आउदै गरेकाे ग.प्र.०४-००१ प ८५९२ टिभिएस र विपरीत दिशामा जाँदै गरेकाे प्र ०३-०३ प २५२१ आरटिआर माेटरसाइकलसंग ठाेक्किने क्रममा टिभिएस अर्काे ग.प्र.०४-००२ प १८४७ नम्बरकाे बुलेटमा बज्रन पुगेको थियो ।
भित्री सडकमा ३ माेटरसाइकल एक आपसमा ठाेकिएर दुर्घटनामा परेर घाइते भएका खाेजवारलाई उपचारार्थ मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकाेमा राती पाैने १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले बुलेट माेटरसाइकलका चालक कावासाेती ११ का घनश्याम महतोसहित ३ ओटै मोटरसाइकल नियन्त्रणमा लिई घटना सम्बन्धमा अनुसन्धान भइरहेको जनाएकाे छ ।











प्रतिक्रिया