काठमाडौँ।
नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ।
आइतबार प्रतितोला नौ हजार पाँच सय रूपैयाँ बढेको सुनको मूल्य साेमबार तोलामा चार हजार एक सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला तीन लाख चार हजार ६ सय रूपैयाँ पुगेको जनाएकाे छ। आइतबार सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा पाँच हजार १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । यो मूल्य आइतबारको तुलनामा प्रतितोला दुई सय ४० रूपैयाँ बढेको हो।











प्रतिक्रिया