दूरदृष्टिसहितको निर्माणमा बृज एडिटिभ्स् प्रा.लि.को प्रतिबद्धता


काठमाडौँ

बृज एडिटिभ्स् प्रा.लि.को सहयोगमा “दूरदृष्टिसहितको निर्माण ः दिगो र सुदृढ नेपालका लागि युवा, नवप्रवर्तन र दिगोपनको समन्वय” भन्ने नाराका साथ राष्ट्रिय सिमेन्ट तथा निर्माण प्रदर्शनी काठमाडौंस्थित नेपाली इन्जिनियरिङ क्याम्पस, पुल्चोकको प्रांगणमा माघ २३ गतेदेखि आयोजना गरिएको छ ।

प्रदर्शनीमा फोटोग्राफी, प्रश्नोत्तरी, खजाना खोज, पप्सिकल ब्रिज, लेखपत्र प्रस्तुतिकरण, फ्लोट डिजाइन, सर्वेक्षण चुनौती, मोडेल निर्माण, सेक टेबल, कविता, गणितीय ओलम्पियाड, अटो क्याड, सूचना प्रविधि अभ्यास, आइडियाथन तथा ह्याकाथनजस्ता करिब १५ विधागत प्रतिस्पर्धा सञ्चालन गरिएका थिए, जसमा देशभरका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रदर्शनीमा नेपाल इन्जिनियर संघका पदाधिकारी, प्राध्यापक, इन्जिनियर तथा विद्यार्थीको सक्रिय सहभागिता देखिएको थियो । कार्यक्रमको समापन समारोहमा विभिन्न प्रतिस्पर्धाका विजेता तथा उपविजेतालाई बृज एडिटिभ्स् प्रा.लि.का सहायक महाप्रबन्धक रविन्द्र उपाध्याय तथा परियोजना प्रबन्धक प्रशान्त पोखरेलले ट्रफी प्रदान गर्नुभएको थियो । यस अवसरले कम्पनीको इन्जिनियरिङ समुदायसँगको सहकार्य र प्राविधिक विकासप्रतिको प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाएको छ ।

सन् २०२२ मा स्थापना भएको बृज एडिटिभ्स् प्रा.लि. केडिया अर्गनाइजेसनको निर्माण रसायन क्षेत्रतर्फको रणनीतिक पहल हो । कम्पनी विशेषगरी कंक्रिटका लागि मिश्रण पदार्थ, टाइल टाँस्ने सामग्री तथा पानीरोधक समाधानमा केन्द्रित रहेको छ । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र (आईएसओ ९००१ ः २०१५) प्राप्त यस उद्योगका उत्पादन आधुनिक इटालियन प्रविधिबाट उत्पादन गरिन्छन् । प्रदर्शनीमा कम्पनीले रेडी–मिक्स कंक्रिट, जलविद्युत् आयोजना, पूर्वाधार विकास तथा ठूला आवासीय र व्यावसायिक परियोजनाका लागि उपयुक्त उन्नत कंक्रिट मिश्रण समाधानहरू प्रस्तुत गरेको थियो ।

कम्पनीका प्रमुख उत्पादनमा सिल्कोन फ्लोमिक्स पीसी शृंखला (पीसी १००, पीसी ३५०, पीसी ४५० र पीसी ५५०) रहेका छन्, जसले कंक्रिटको काम गर्न सजिलो बनाउने, पानी–सिमेन्ट अनुपात घटाउने तथा प्रारम्भिक र दीर्घकालीन मजबुती वृद्धि गर्ने उच्च कार्यक्षमता प्रदान गर्छन् । त्यसैगरी अल्ट्रासेट १०० नामक द्रुत सेट हुने एक्सेलेरेटर समय–संवेदनशील परियोजनाहरूका लागि उपयोगी रहेको छ । यी उत्पादनहरू हाल नेपालभरका रेडी–मिक्स कंक्रिट प्लान्ट, पूर्वाधार आयोजना तथा प्राविधिक रूपमा जटिल निर्माण कार्यमा सफलतापूर्वक प्रयोग हुँदै आएका छन् ।

कंक्रिट मिश्रण सामग्रीका अतिरिक्त, बृज एडिटिभ्स् प्रा.लि.ले टाइल टाँस्ने तथा पानीरोधक समाधानको श्रृंखला पनि प्रदर्शनीमा प्रस्तुत गरेको थियो । पोलिमर परिमार्जित, सिमेन्ट आधारित टाइल टाँस्ने सामग्री सिरेमिक, भिट्रिफाइड, मार्बल, ग्रेनाइट तथा ठूला आकारका टाइलका लागि उपयुक्त छन्, जसले बलियो बन्धन, दीर्घकालीन टिकाउपन र आकर्षक फिनिस सुनिश्चित गर्छन् । साथै वेदर प्रो प्लस २५०, सुपर लेटेक्स र सेम–शिल्डजस्ता पानीरोधक उत्पादनले भवन तथा संरचनालाई पानी चुहावट, सिपेज र ओसिलोपनबाट जोगाई संरचनाको आयु र मजबुती बढाउन सहयोग पु¥याउँछन् ।

बृज एडिटिभ्स् प्रा.लि.को दैनिक उत्पादन क्षमता ८० मेट्रिक टन रहेको छ । कम्पनीले कडा गुणस्तर नियन्त्रण प्रणाली, आधुनिक उत्पादन प्रक्रिया तथा निरन्तर अनुसन्धान र विकासलाई प्राथमिकतामा राख्दै स्थिर र उच्च गुणस्तर, साइट–उन्मुख व्यवहारिक समाधान, नवप्रवर्तनमा आधारित उत्पादन विकास तथा दिगो र टिकाउ निर्माण अभ्यासप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।