काठमाडौं ।
हुन्डी कारोबार सम्बन्धी कसुर मुद्दामा पक्राउ परेका प्रतिवादी दावा भन्ने दाफुरी शेर्पालाई छुटाइदिने भन्दै उनकी आमासँग पाँच लाख रुपैयाँ ठगी गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन्।
वादी नेपाल सरकार र प्रतिवादी दावा भन्ने दाफुरी शेर्पा समेत भएको मुद्दामा मिति २०८२।०८।१५ गते शेर्पा पक्राउ परेका थिए। सोही घटनालाई आधार बनाएर आफू प्रहरी भएको भन्दै पाँच लाख रुपैयाँ दिएमा प्रतिवादीलाई छुटाइदिने प्रलोभन देखाई रकम ठगी गरी फरार रहेका जिल्ला नुवाकोट लिखु गाउँपालिका–१ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–८ नेपालटार बस्ने ४० वर्षीय दिपक थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले खोजतलासका क्रममा यही १९ गते काठमाडौं महानगरपालिका–बानियाँटारबाट उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका थापा मगरलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया