काठमाडौँ।
आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र इंग्ल्यान्डबीच मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा इंग्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। ज्याकब बेथेलले ३५ बलमा ५५ रन जोडे, ह्यारी ब्रुकले ३२ बलमा ५३ रन बनाए भने विल ज्याक्सले १८ बलमा ३९ रनको विस्फोटक पारी खेले ।
नेपालका बलर नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए। सन्दीप लामिछाने र शेर मल्लले समान एक विकेट लिए।
नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव, सन्दीप लामिछाने छन् ।
इङ्ल्यान्डको प्लेइङ ११: फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर, लुक वूड छन् ।
नेपाल समूह ‘सी’ मा रहेको छ, जसमा इंग्ल्यान्ड, वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड पनि छन्।











प्रतिक्रिया