काठमाडौं ।
नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। बिहीबार प्रतितोला ४ हजार २०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार तोलामा ९ हजार ५०० रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ५०० रुपैयाँ पुगेको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै आइतबार प्रतितोला ५ हजार १० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँले बढी हो। अन्तर्राष्ट्रिय बजारमा भने आइतबार सुन प्रतिऔंस ४ हजार ९६७ अमेरिकी डलरमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।











प्रतिक्रिया