पश्चिमी वायुको प्रभाव: तराईमा हुस्सु, पहाडमा आंशिक बदली


काठमाडौँ ।

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी प्रदेशको उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।