वरिष्ठ अभिनेता सुनील थापाको निधनमा कांग्रेसद्वारा शोक व्यक्त


काठमाडौँ ।

नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनील थापा आज ६८ वर्षको उमेरमा निधन भएका छन्। थापा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। चार दशकभन्दा लामो समय अभिनय, मोडलिङ र खेलकुद क्षेत्रमा सक्रिय रहनुभएका थापाले चलचित्रमा खलनायकको भूमिका समेत नायक सरहको सम्मानसाथ निभाएका थिए।

उनको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ। सभापति गगनकुमार थापाले स्वर्गीय सुनील थापाको योगदानलाई स्मरण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा पनि उनका योगदानलाई नेपाली चलचित्र इतिहासमा सदा अमिट रहने उल्लेख गरिएको छ।

नेपाली र भारतीय दुवै चलचित्र उद्योगमा आफ्नो अभिनयको छाप छोड्न सफल थापाको निधनले कला क्षेत्रमा ठूलो रिक्तता सिर्जना भएको छ।