“वसन्तपुरका क्युरियो पसल: इतिहास र कलाको जीवित झल्को”


काठमाडौं ।

काठमाडौंको मुटु वसन्तपुर दरबार क्षेत्र केवल ऐतिहासिक स्मारकहरूको सङ्ग्रहालय मात्र नभई यहाँका पुराना क्युरियो पसलहरू मार्फत जीवन्त कला र संस्कृतिको संरक्षक बनेको छ।

दशकौंदेखि यी पसलहरूले नेपाली कला र पहिचानलाई विश्वमाझ पुर्‍याउँदै आएका छन्।

धेरैजसो व्यवसायीहरू पाँच–छ पुस्तादेखि यही थलोमा व्यापार गर्दै आएका छन्, जसले केवल व्यापार मात्र नभई सांस्कृतिक मूल्य र परम्परालाई पनि पुस्तान्तरण गरिरहेका छन्। यी पसलका सामग्रीहरूमा नेपाली कला र कौशलको जादु झल्किन्छ।