औद्योगिक सम्पती ऐन परिमार्जन गर्नुपर्ने माग


काठमाडौं ।

बौद्धिक सम्पती संरक्षण समाज नेपालले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले औद्योगिक सम्पती ऐन समयसापेक्ष नभएको बताएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले ऐनलाई ‘९० वर्षको वृद्ध बालक’को संज्ञा दिँदै हालसम्म पुरानो कानून बोकेर हिँड्नुपरेको अवस्था रहेको बताएका छन्।

सहभागीहरूले ऐनलाई तत्काल परिमार्जन गरी आधुनिक आवश्यकताअनुसार बनाउनुपर्ने जोड दिएका छन्।