काठमाडौँ ।
काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रचार-प्रसार तीव्र हुँदैछ। यहाँ पूर्वउपप्रधानमन्त्रीदेखि पार्टी नेतृत्व गरिसकेका अनुभवी नेतासँगै जेनजि पुस्ताका युवा उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्।
मुख्य प्रतिस्पर्धीमा नेपाली कांग्रेसका प्रदीप पौडेल, नेकपा एमालेका ईश्वर पोखरेल, नेकपा की कल्पना शर्मा, रास्वपा २९ वर्षीय सस्मित पोखरेल, राप्रपाका कमल थापा, र गतिशील लोकतान्त्रिक पार्टीकी निशा अधिकारी रहेका छन्। उम्मेदवारहरूले स्थानीय विकास, यातायात, शिक्षा, स्वास्थ्य, आधारभूत पूर्वाधार र सुकुम्बासी समस्या समाधानजस्ता मुद्दा मतदातासामु उठाएका छन्।
कूल ७८ हजार मतदाता रहेको क्षेत्रमा घरदैलो, भेटघाट र जनसरोकारबारे छलफल गर्दै उम्मेदवारहरूले आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन्। यस क्षेत्रका मतदाताले पनि जेनजी आन्दोलनको भावना र विकासमुखी कार्यान्वयन दुवै अपेक्षा गरेका छन्।
त्यस्तै, यहाँ १४ साना दल र पाँच स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन्, जसले चुनावी प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।











प्रतिक्रिया