मकवानपुर–१ मा प्रतिनिधिसभा चुनावी प्रतिष्पर्धा तेज, २३ उम्मेदवार मैदानमा


काठमाडौँ ।

मकवानपुर–१ मा आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल तातिएको छ। यस क्षेत्रमा नेपाली कांग्रेसका महालक्ष्मी उपाध्यय, राप्रपाका दीपकबहादुर सिंह, एमालेका रामेश्वर राना, नेकपाका विजय गौतमसहित विभिन्न दलका १३ र स्वतन्त्र १० गरी २३ उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्।

अघिल्लो निर्वाचनमा राप्रपाका सिंह विजयी भए पनि क्षेत्र कम्युनिष्ट गढ मानिन्छ। यसपटक नयाँ युवा र पुराना अनुभवी नेताबीच प्रतिष्पर्धा हुने भएकोले चुनाव रोचक बनेको छ।

उम्मेदवारहरूले विकास, रोजगारी, औद्योगिक प्रगति, सडक सुधार र स्थानीय योजनाको पूरा कार्यान्वयनजस्ता एजेण्डा लिएर मतदातासँग पुगेका छन्। मतदाताहरू भने कृषि र उद्योग क्षेत्रमा लगानी बढाउने र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

मकवानपुर–१ मा ७९,६२१ पुरुष र ७८,८१० महिला गरी १,५८,४३५ मतदाता रहेका छन्, र क्षेत्रका अधिकांश भाग शहरी क्षेत्रमा पर्छ।