किसान र युवा गाउँमै बस्न योग्य नेता खोज्दै


काठमाडौँ ।

बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । तर यसपटक मतदाताहरू केवल आश्वासनमा सीमित नभई स्पष्ट एजेण्डा र प्रतिबद्धता खोज्न थालेका छन् ।

किसानहरूले उत्पादनको बजारीकरण, समयमै बीउ–मलको व्यवस्था र उचित मूल्यको माग गरेका छन् भने स्थानीयले बसाइँसराइ रोक्ने र गाउँमै उद्यम तथा रोजगारी सिर्जना गर्ने उम्मेदवारलाई मत दिने बताएका छन् ।

अघिल्ला चुनावमा चिल्ला कुरा मात्रै सुनेको अनुभव सुनाउँदै मतदाताले अब गाउँमै बस्न र काम गर्न सकिने वातावरण बनाउने नेतालाई प्राथमिकता दिने बताएका छन् ।