मेष : तपाईंका लागि दिन शुभ छ । धन लाभ, शत्रु विजय, खेल–परीक्षामा सफलता होला ।
वृष : पूर्वाह्न कार्यनाश, वायुजन्य रोग हुन सक्छ तर मध्याह्नदेखि द्रव्य लाभ, सफलता होला ।
मिथुन : समय अनुकूल देखिँदैन । कार्य असफल, सन्तान कष्ट, आर्थिक क्षति हुन सक्छ ।
कर्कट : मध्याह्नसम्म प्रगति भए पनि त्यसपछि भने अपच, तनाव झेल्नुपर्ने हुन सक्छ ।
सिंह : पूर्वाह्न धन नाश, असन्तोष हुन सक्छ । त्यसपछि भने द्रव्य लाभ, सम्मान हुन सक्छ ।
कन्या : शुरुमा धन प्राप्ति, उत्तम भोजन होला तर मध्याह्नबाट मानसिक चिन्ता होला ।
तुला : पूर्वाह्न अस्वस्थता भए पनि दिउँसोदेखि धन प्राप्ति, कार्य सफल हुने सम्भावना छ ।
वृश्चिक ; मिष्ठान्न भोजन, द्रव्य प्राप्ति होला तर दिउँसोबाट भने चोटपटकको सम्भावना छ ।
धनु : समय उत्तम छ । सन्तोष, कार्य सिद्धि, खाद्यान्न लाभ, विविध वस्तु वा सेवा प्राप्ति होला ।
मकर : शुरुमा राज्यबाट भय, अपयश हुन सक्छ । दिउँसोदेखि भने सुख–सन्तोष हुने देखिन्छ ।
कुम्भ : समय अनुकूल देखिँदैन । रोगको भय, धन हानि, राज्यबाट त्रास, प्रतिष्ठामा धक्का होला ।
मीन : पूर्वाद्र्ध धन लाभ, समस्या समाधान भए पनि दिउँसोदेखि अस्वस्थता नहोला भन्न सकिन्न ।











प्रतिक्रिया