काठमाडौं
नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच. हाश्मीले जम्मु–कश्मीरको मूल समस्याको समाधान नगरी दक्षिण एशियामा शान्ति र स्थायित्व सम्भव नहुने बताए । पाकिस्तानी दूतावासले कश्मीर ऐक्यबद्धता दिवसको अवसरमा बिहीबार आयोजना गरेको “दक्षिण एशियामा क्षेत्रीय शान्ति र स्थायित्व : कश्मीर समस्या समाधानको अपरिहार्यता” विषयक कार्यक्रममा बोल्दै राजदूत हाश्मीले जम्मु–कश्मीरको समस्या केवल जम्मु–कश्मीरको मात्र नभइ मानव अधिकारको हननको उनले अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघीय प्रस्ताव र विश्व समुदायको नैतिक जिम्मेवारीले कश्मीरी जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्ने स्पष्ट आधार प्रदान गरेको उल्लेख गरे भारतीय संरक्षणमा बनेका कुनै पनि कानुनले कश्मीरको विवादित हैसियत परिवर्तन गर्न नसक्ने उनको भनाइ थियो।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मियाँ मुहम्मद शहबाज शरीफ तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सेनटर मोहम्मद इशाक डारका सन्देशहरू वाचन गरिएको थियो।
राष्ट्रपति जरदारीले आफ्नो सन्देशमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावअनुसार कश्मीरी जनताको आत्मनिर्णयको अधिकारका लागि पाकिस्तानको अडिग समर्थन पुनः पुष्टि गरेका छन्। उनले भारतले अवैध रूपमा कब्जा गरिएको जम्मु–कश्मीर विवादको न्यायोचित समाधानबिना दक्षिण एशियामा दिगो शान्ति सम्भव नहुने उल्लेख गर्दै कश्मीरी जनतालाई स्वतन्त्र र निष्पक्ष जनमतसंग्रहको अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।

प्रधानमन्त्री शहबाज शरीफले कश्मीर ऐक्यबद्धता दिवसका अवसरमा कश्मीरी जनताको अपरिहार्य अधिकार प्राप्तिको संघर्षमा पाकिस्तानको नैतिक, कूटनीतिक तथा राजनीतिक समर्थन निरन्तर रहने बताए । उनले भारतले ५ अगस्ट २०१९ मा चालेका अवैध तथा एकपक्षीय कदमहरूले भारतीय अवैध कब्जामा रहेको जम्मु–कश्मीरको राजनीतिक र मानवअधिकार अवस्था झनै जटिल बनाएको टिप्पणी गरे ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इशाक डारले कश्मीरी जनतामाथि भइरहेको व्यापक मानवअधिकार उल्लंघन, मनपरी हिरासत, तथा राजनीतिक र सञ्चार स्वतन्त्रताको दमनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रस्तावहरूको कार्यान्वयन तथा कश्मीरी जनताको स्वतन्त्र र निष्पक्ष जनमतसंग्रहको अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायको भूमिका आवश्यक रहेकोमा जोड दिए ।











प्रतिक्रिया