काठमाडौँ
लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत साहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्ला, कास्कीमा सञ्चालित साहारा फुटबल एकेडेमीलाई बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै आर्थिक सहयोग स्वरुप २ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, पोखरास्थित शाखाका प्रवन्धकहरु, क्लबका निवर्तमान अध्यक्ष विक्रम थकाली, बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलगायत सरोकारवालाहको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले साहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरु लाई निरन्तर सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताउनुभयो। साथै साहारा क्लबले निकै उदारणिय र प्रशंसनीय कार्य गर्दै आएकोमा क्लबलगायत संस्थाका पदाधिकारीको उच्च प्रसंशा समेत गर्नुभयो ।
लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष थापाले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताउनुभयो।
एकेडेमीमा हाल १५ जिल्लाका ३० कठिन एवं विपन्न परिस्थितिका बालकहरु रहेका छन् । साहारा क्लब पोखराले उनीहरुको लालन – पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खातामा उच्चतम ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।











प्रतिक्रिया