मोरङ–६ का मतदातासँग डा. कोइरालाको प्रत्यक्ष संवाद


काठमाडौं । 

संघीय निर्वाचन २०८२ फागुन २१ गते मोरङ निर्वाचन क्षेत्र नं. ६ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बिराटनगर महानगरपालिका वडा नं. ११ र १२ का मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्नुभएको छ। चुनावी अभियानअन्तर्गत आयोजित भेटघाट कार्यक्रममा डा. कोइरालाले स्थानीय मतदाताको गुनासो, समस्या र अपेक्षाबारे जानकारी लिनुभएको थियो।

भेटका क्रममा मतदाताले सडक, खानेपानी, रोजगारी, शिक्षा र स्वास्थ्य सेवाका विषयमा आफ्ना धारणा राखेका थिए। जवाफमा डा. कोइरालाले जनताको आवश्यकता र चाहनाअनुसार विकासका योजना अघि बढाइने बताउँदै जनमुखी नीति र सुशासन कांग्रेसको प्राथमिकता रहेको उल्लेख गर्नुभयो।

डा. कोइरालाले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिका लागि कांग्रेसलाई बलियो जनमत आवश्यक रहेको भन्दै आगामी निर्वाचनमा समर्थन गर्न मतदातासँग आग्रह गर्नुभयो। स्थानीय मतदाताले पनि प्रत्यक्ष संवादबाट आफ्ना कुरा राख्न पाउँदा सकारात्मक प्रतिक्रिया दिएका थिए।