नवलपरासी ।
अधिकांश युवा तथा नयाँ अनुहारका उम्मेदवारहरूकाे वर्चस्व रहेकाे नवलपरासी पूर्वमा घरदैलाे तथा मतदाता भेटघाट कार्यक्रमले तिव्रता पाएकाे छ ।
विभिन्न राजनैतिक दल, तथा स्वतन्त्र उम्मेदवारहरूले घरदैलाेका क्रममा जातीय माैलिक सिष्टाचार सहित जेष्ठ मतदाताबाट आशिर्वाद लिने, सुखदुख र कुशल मंगलबारे भलाकुसारी गर्ने गरेकाछन् ।
यसै क्रममा नेपाली काँग्रेसका जिल्ला उप सभापति एवं नवलपरासी पूर्व क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदबार अधिवक्ता बालकृष्ण घिमिरेले बुधबार बिहाँनैबाट कावासाेती ११,१२ र १३ नम्बर वडामा घरदैलाे गरेकाछन् । उनले घरदैलाे तथा मतदाता भेटघाटका अवसरमा लाेकतन्त्रमा जनतानै सर्वाेपरी हुने बताउदै आफ्ना कार्यकर्ता र पार्टी पंक्तीलाई पनि शिष्ट बाेलि वचन र कर्मले नागरिकहरूकाे मन जितेर मत माग्न आग्रह गरेकाछन् ।
बदलिएकाे छ काँग्रेस, बनाउछाैं देश भन्ने मुल नारा सहित आफ्नाे चुनाबी क्षेत्रका स्थानीय माँझ पुग्दा घिमिरेले जनताका बिकास याेजनाकाे पूर्णता र नवयुवाहरूकाे चाहना ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य तथा सुशासन बहाली नै आफ्नाे पहिलाे प्राथमिकताकाे बिषय भएकाे बताए ।
कानुन,बाणिज्य तथा समाजशास्त्रका अब्बल बिद्यार्थी, विभिन्न कलेज बिद्यालयमा प्राध्यापन गरि सकेका घिमिरेले परिवर्तित काँग्रेसकाे मुलबाटाे समाएर गाउँ,सहरकाे बिकास र शिक्षा,स्वास्थ्य,सुरक्षा एवं राेजगारी जस्ता जनताका माैलिक हककाे सुनिश्चितताका लागि राज्यकाे जुनसुकै भूमिका निर्वाहमा लागि पर्ने मतदाता समक्ष प्रतिबद्धता गरेकाछन् ।
गाउँ छेवैबाट बगेकि नारायणी नदीलाई साक्षी राखेर घिमिरेले भने आफ्नाे क्षेत्रकाे समग्र बिकासकाे स्पष्ट याेजना सहित आँफू चुनाबी मैदानमा उभिएकाे र यहाँको तराई पहाडका गाउँ गाउँकाे भूगाेल बुझेकाेले हरेक जनताकाे सदैब पहुँचमा रहेर काम गर्ने प्रण गर्दछु ।
घरदैलाेमा पुग्दा स्थानीयका बाटाे,घाटाे,पुल, कल्भर्ट,पानी बिजुली जस्ता अत्यावश्यक मागका अतिरिक्त आँफैले देखेका र महसुस गरेका नारायणीकाे कटान राेक्न नदी तटबन्ध, पहाडी क्षेत्रमा भूक्षय राेक थाम,भूमिहीनका लागि स्थायी बसाेबास,कृषि क्षेत्रमा सिंचाइ प्रणाली, जंगली जनावरबाट बाली नाली तथा जनधनकाे सुरक्षा व्यवस्था, स्वदेशमै कामकाजकाे अवसर लगायतका याेजनामा आँफूले काम गर्नु पर्ने देखेकाे मतदाता समक्ष घिमिरेले बताए ।
घरदैलाेमा घिमिरेसंगै समानुपातिक उम्मेदवार संगीता काफ्ले घिमिरेलाई १ नम्बर क्षेत्र निर्वाचन कमाण्डर अमृत भट्टचन, पूर्व सांसद एवं महिला नेतृ ओमकला गाैतम, काँग्रेस नगर तथा वडा सभापति लगायतले साथ दिएका थिए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नम्बर २ का उम्मेदबार एवं महिला नेतृ रून कुमारी महताेले पनि घरदैलाे अभियानलाई जाेडताेडका साथ अघि बढाएकिछन् ।
जिल्लाकाे २ नम्बर क्षेत्रमा बाक्लाे बसाेबास रहेकाे आदिवासी थारू समुदायबाट संघीय संसदका लागि महताे एक जुझारू महिला उम्मेदवार रहेकाे मध्यबिन्दुकी सीता महताेले बताईन् ।
शिक्षा शास्त्र संकायमा स्नातकोत्तर महताे बिगतमा शिक्षण पेशामा रहे पनि समाज सेवाका साथ साथै प्रदेश सांसद स्वकिय सचिव, स्थानीय क्षेत्रकाे बिकास याेजना तर्जुमा, बजेट बिनियाेजन सम्बन्धमा आँफूमा दखल राख्छिन ।
महताेले पनि प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारी संगै आफ्नाे निर्वाचन क्षेत्रकाे घरदैलाेमा पुग्ने मत माग्ने, जन आकाञ्छाहरू बुझ्ने क्रममा मतदाताहरूमा निराशका भावनाहरू झल्किएकाे आँफुले पाएकाे बताउँछिन् ।
मतदाताले स्थानीय मुद्दा भन्दा राष्ट्रिय मुद्दामै बढी चिन्तित रहेकाे उनीहरूले शान्ति सुरक्षा,अमन चयन बनाई राख्ने बिषयमा आँफूलाई प्रश्न गर्ने गरेका र मुलुक सम्हाल्न असल अभिभावक र देशभक्त युवा जन प्रतिनिधिकाे चयनमा जनताकाे बढी चासाे रहेकाे महताेले बताइन् ।
उनले यसैका लागि देशप्रेमी सक्षम युवा जनशक्ति सहित, मुलुक हाक्ने दक्ष र अनुभवी उम्मेद्वार खडा गरि पूर्ण समानुपातिक संसदकाे लक्ष्य सहित राप्रपा देशमा ब्याप्त जन निरासा चिर्दै राष्ट्रलाई सहि लिकमा हिडाउन निर्वाचनमा हाेमिएकाे दाबी गरिन् ।
महताेले भनिन् स्थानीय बिकास निमार्ण,नदि कटान राेकथाम, जंगली जनावरबाट हुने हानि नाेक्सानीमा दिइने राहत रकम झाराटार्ने नभई क्षतिपूर्ति हुने किसिमकाे नीति बनाउन,महङ्गी नियन्त्रण, किसानका उत्पादनकाे उचित बजार मुल्य जस्ता कुरामा जनप्रतिनिधिले भूमिका खेल्नु पर्ने मतदाताकाे माग रहेकाे छ ।
स्थानीय मध्यबिन्दु नगरपालिकाकाे ईटाैरा, नारायणी नदीकाे कटान तथा डुवान क्षेत्र नन्दपुर, सेहरीकाे घरदैलाेमा रहेकी महताेले बुधबारै कावासाेती १६ का मतदाता तथा पार्टी कार्यकर्ता संग समेत भेटघाट गरेकाे बताईन् ।
यस्तै रास्वपाका उम्मेदवार जेनजी युवा मनिस खनाल,नेपाली कम्युनिस्ट पार्टीका गणेशमान महताे लगायत स्वतन्त्र उम्मेदबारहरू आआफ्ना चुनावी एजेन्डा सहित घरदैलाेमै ब्यस्त रहेकाछन् ।











प्रतिक्रिया