स्व. मुलचन्द राठीप्रति डा. शेखर कोइरालाद्वारा समवेदना व्यक्त


काठमाडौं ।

बिराटनगर महानगरपालिका वडा नं–७ निवासी व्यवसायी स्वर्गीय मुलचन्द राठीको निधनले परिवार, आफन्त तथा सम्पूर्ण बिराटनगरवासीलाई मर्माहत बनाएको छ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला स्व. राठीको निवासमा पुगेर शोकसन्तप्त परिवारजनसँग भेटघाट गर्दै समवेदना प्रकट गर्नुभएको छ।

समवेदनाका क्रममा डा. कोइरालाले स्व. राठी सरल, सहयोगी र समाजप्रति उत्तरदायी व्यक्तित्व भएको स्मरण गर्नुभयो। उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनलाई यस अपार दुःख सहन सक्ने शक्ति प्रदान होस् भन्ने कामना गर्नुभयो।

स्व. राठीको निधनले व्यवसायिक क्षेत्र मात्र नभई सामाजिक क्षेत्रमा पनि अपूरणीय क्षति पुगेको बताइएको छ।