काठमाडौँ ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। उनका ९७ वर्षीय बुबा भोजप्रसाद भट्टराईको आज निधन भएको हो।

भोजप्रसाद भट्टराईको काठमाडौँस्थित न्युरो हस्पिटल, बाँसबारीमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता रोशन पोखरेलका अनुसार भट्टराईको पार्थिव शरीर केहीबेरमा पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने तयारी गरिएको छ ।
स्वर्गीय भोजप्रसाद भट्टराईका २ छोरा र २ छोरी रहेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईको पितृशोकप्रति विभिन्न राजनीतिक दलका नेताहरू, शुभेच्छुक तथा समर्थकहरूले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गरिरहेका छन्।











प्रतिक्रिया