हरिबहादुरको जुत्तापछि श्रीनिवास


ख्यातिप्राप्त अभिनेता हरिवंश आचार्य मुख्य भूमिकामा रहेको फिल्म हरिबहादुरको जुत्तापछि सोही टिमले नया फिल्म श्रीनिवास निर्माण गर्ने भएको छ।

गत दसैमा रिलिज भएको हरिबहादुरको जुत्ताले दर्शकको राम्रो साथ र सकारात्मक प्रतिक्रिया पाएपछि श्रीनिवास निर्माण गर्न लागेको त्यसको निर्माण समूहले जानकारी गराएको छ। एसएम मोसन पिक्चर्सको ब्यानरमा दोस्रो फिल्मस्वरूप निर्माण गरिने फिल्ममा हरिवंश आचार्य र अभिषेक खड्का प्रमुख भूमिकामा रहनेछन्।

सरोज ओली र मोहितवंश आचार्यको निर्माणमा बन्ने फिल्म सजन काप्mले र आकाश बरालले संयुक्त रूपमा निर्देशन गर्नेछन्। यसअघि उनीहरूले बेहुली फ्रम मेघौली निर्माण गरेका थिए।
फिल्ममा अभिमन्यु निरवीको लेखन रहनेछ।