आज कस्तो रहला देशभरको मौसम ? पश्चिमी वायुको आंशिक प्रभाव


काठमाडौँ ।

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि यसको असर कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण हिमाली क्षेत्रमा सामान्य बदली र पहाडी भूभागमा आंशिक बादल देखिएको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ।

आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ। यद्यपि पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद्हरूले बताएका छन्। पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै गएकाले तत्काल वर्षाको सम्भावना नरहेको महाशाखाको भनाइ छ।