करेन्ट मार्ट’ दोस्रो आउटेल सञ्चालनमा


काठमाडौँ ।

करेन्ट नुडल्स उत्पादन गर्ने यशोडा फुड्स प्रालिले रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा आइतबारदेखि काठमाडौँको बानेश्वरस्थित कात्यायनीचोकमा औपचारिक रूपमा सुरु गरिएको हो ।

भैरहवामा सञ्चालनमा रहेको पहिलो करेन्ट मार्टको उल्लेखनीय सफलता र उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले राजधानी काठमाडौँमा नयाँ शाखा विस्तार गरेको जनाएको छ । यसले उपभोक्तालाई यशोडा फुड्सका सम्पूर्ण उत्पादन सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

नयाँवानेश्वरस्थित कात्यायनीचोकमा अवस्थित करेन्ट मार्ट कम्पनीका निर्देशक मधुसूदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा गरेका थिए ।