काठमाडौं ।
निर्माण क्षेत्रको विकास र आधुनिकीकरणलाई लक्षित गरी आयोजना गरिँदै आएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको ११औँ संस्करण भोलिदेखि काठमाडौँमा सुरु हुने भएको छ । प्रदर्शनी आगामी माघ २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।
निर्माण उद्योगसँग सम्बन्धित व्यवसाय, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजना गरिएको यस प्रदर्शनीमा ३ सयभन्दा बढी स्वदेशी तथा विदेशी कम्पनी सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । प्रदर्शनी अवधिभर २ सय भन्दा बढी प्रदर्शनी स्टलमार्फत नवीनतमनिर्माण सामग्री, उपकरण र सेवाहरू प्रस्तुत गरिनेछ । यो प्रदर्शनीले नेपालीनिर्माण बजारमा देखिएको प्रविधिगत अन्तर घटाउन तथा अन्तर्राष्ट्रिय अभ्यास र समाधानलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्नेछ । आर्किटेक्ट, इन्जिनियर, निर्माण व्यवसायी तथा घर–भवन निर्माण योजनामा संलग्न व्यक्तिका लागि प्रदर्शनी उपयोगी हुने अपेक्षा गरिएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्यूचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा विगत ११ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यस प्रदर्शनीले नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रदर्शनीको मुख्यप्रायोजक फ्लाइबर्ड इन्टेरियर रहेको छ भने पावर्ड बाईमालुम्बिनी सेरामिक्स लेमिनार टाइल्स रहेको छ ।
प्रदर्शनीमार्फत स्वदेशमै उत्पादित निर्माण सामग्री तथा प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने अवसर सिर्जना हुनुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रयोगमा रहेका नवीनतम प्रविधि, सेवा तथा सामग्री नेपाली बजारमा भित्र्याउने उद्देश्य राखिएको छ । निर्माण व्यवसायी, आयात कर्ता, उत्पादक, वितरक, सेवाप्रदायक, आर्किटेक्ट, इन्जिनियर, डिजाइनर तथा घर–भवन निर्माण गर्न इच्छुक सर्वसाधारणका लागि यो प्रदर्शनी अत्यन्त उपयोगी हुने छ ।











प्रतिक्रिया