काठमाडौं ।
भ्याली पब्लिक र न्युटन दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
भ्याली पब्लिकले राजन मेमोरियललाई ४१–३७ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा रियान शेरचनले १२ अंक योगदान गरे । प्रकाश जोशीको ११ अंक सहयोगमा न्युटनले ग्रिनफिल्डलाई ३५–२७ ले हरायो ।
ब्वाइजमै ग्रिनल्यान्डले स्किब्सलाई २२–२०, किङडम हिमालयनले ल्यान्डमार्क एकेडेमीलाई ४५–३५, पारमाउन्ट एकेडेमीले आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुललाई ३५–२५, जेबी स्कुलले हिमशिलालाई ३२–२९, डाफोडिलले काठमाडौं इङलिस स्कुललाई ५०–३७ र सेबले ह्वाइट हेभेनलाई २४–१६ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।











प्रतिक्रिया