आधारभुत आबश्यक्ता बाट बन्चित टाङ्गिया बस्ति

1.41k
Shares

रौतहट ।

सुगम जिल्ला मानिएको तराई क्षेत्रमा पर्ने रौतहट जिल्लामा अहिले पनि आधारभूत सुविधाबाट वञ्चित एउटा बस्ती रहेको छ । रौतहटको क्षेत्र नम्बर ३ अन्तर्गत गुजरा नगरपालिकामा रहेको टाङ्गिया बस्तीमा हाल १७ घरधुरी दलित समुदायको बसोबास छ । उक्त बस्तीमा खानेपानीको उचित व्यवस्था छैन भने शौचालयसमेत उपलब्ध छैन ।

यस कारण बस्तीका बासिन्दा अझै पनि जंगलमा शौच गर्न बाध्य छन् । खुला दिसामुक्त घोषणा भएको रौतहट जिल्लाको गुजरा नगरपालिकामा पर्ने टाङ्गिया बस्ती भने यसबाट पूर्ण रूपमा ओझेलमा परेको देखिन्छ । बस्तीमा बसोबास गर्ने अधिकांश बालबालिका विद्यालय गएका छैनन् ।

गरिबी र पहुँचको अभावका कारण उनीहरू शिक्षा प्राप्त गर्नबाट वञ्चित छन् । यहाँका बासिन्दाको मुख्य जीविकोपार्जन अरूको खेतबारीमा मजदुरी गर्नु नै रहेको छ । उक्त बस्तिका सन्ध्या माझी भन्नु हुन्छ निर्बाचन आएपनि हामीलाई न हर्ष छ नत बिस्मत नै । मजदुरी र ज्यालादारी नगरी खान पुग्दैन । निर्बाचनको बेला सबैले आश्वासन मात्रै दिन्छन गरिदिने कसैले केही होईन ।

उनीहरुका अनुसार न त बस्तीमा स्थानीय सरकारको ध्यान पुगेको छ, न त बस्तीका नागरिकहरूको सरकारसम्म पहुँच नै छ । लामो समयदेखि आधारभूत सेवाबाट वञ्चित रहँदै आएका टाङ्गिया बस्तीका बासिन्दाले खानेपानी, शौचालय, शिक्षा र रोजगारीका अवसर जस्ता न्यूनतम आवश्यकता पूरा गरिदिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

अर्का गोपी माझी भन्नु हुन्छ निर्बाचन पछि कोही जनप्रतिनिधिहरु आफनो बस्तिमा आएका छैनन । कुन पार्टीको को उम्मेदबार छ कस्ले राम्रो गर्छन आफु लाई केही पनि जानकारी नभएको उहाले बताउनु भयो ।