एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा


काठमाडौं ।

आयोजक दि एक्सेल्सियर स्कुल (यल्लो) र स्वर्णिम १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको यु–१२ गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियर (यल्लो) ले राई स्कुललाई ४–० ले पराजित ग¥यो । एक्सेल्सियरकी सम्भावी अधिकारीले २ अंक जोडिन् । स्वर्णिमले एक्सेल्सियर (नीलो) लाई १०–२ ले हरायो । स्वर्णिमकी पलिस्था हाडाले ४ स्कोर गरिन् । एक्सेल्सियर (यल्लो) समूह ‘ए’ तथा स्वर्णिम समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल पुगेका हुन् । दुवै समूहको उपविजेता टोलीको टुंगो लाग्न बाँकी छ ।

बास्केटबलकै सिनियर ब्वाइज र सिनियर गल्र्समा भने सेमिफाइनल समीकरण पूरा भइसकेको छ । सिनियर ब्वाइजमा रेडियन्ट पब्लिक र संस्कृति इन्टरनेसनल स्कुल तथा पुष्पसदन र राराहिलबीच सेमिफाइनल हुनेछ । सिनियर गल्र्सको सेमिफाइनलमा एक्सेल्सियरले रेडिन्ट पब्लिक तथा रिब्सले ल्यान्डमार्क एकेडेमी विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
यसैगरी ब्वाइज फुटसलको यु–९ को सेमिफाइनलमा एक्सेल्सियर (रातो) र एक्सेल्सियर (नीलो) तथा काष्ठमण्डप र कोहिनुर पुगे । यु–११ मा रिब्स, जोन डेवी, न्यु एरा एकेडेमी, संस्कृति, राई स्कुल, सेक्रेड हार्ट, काष्ठमण्डप विद्यालय र एक्सेल्सियर (नीलो) क्वार्टरफाइनलमा पुगे ।

यु–१३ मा एक्सेल्सियर (यल्लो), जोन डेवी, कोहिनुर, एलआरआई, काष्ठमण्डप, रेडियन्ट पब्लिक, हार्टल्यान्ड र रिब्सले अन्तिम आठमा स्थान सुरक्षित गरे । यु–१६ मा ह्वाइट हेभेन, रिब्स, न्यु एरा, एलआरआई, न्यु अरुणोदय, बोधीसत्व, किड्स लर्निङ र एक्सेल्सियर (नीलो) ले अन्तिम आठको यात्रा तय गरे ।