सापकोटा परिवारको दुःखमा शेखर कोइरालाको साथ


काठमाडौं ।

विराटनगर–११ निवासी नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा पूर्व वडाध्यक्ष खेम सापकोटाको पत्नीको निधनप्रति कांग्रेस नेता डा. शेखर कोइरालाले गहिरो दुःख व्यक्त गर्नुभएको छ।

उहाँले शोकसन्तप्त परिवारजनलाई भेटी समवेदना प्रकट गर्नुका साथै यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गर्नुभएको छ।