रसुवामा टिपरकाे ठक्कर बाट एक काे मृत्यु

1.22k
Shares

रसुवा ।

रसुवाको कालिका गाउँपालिका वडा नम्बर २ लामाटाेलमा टिफरले ठक्कर दिदा एक जना काे मृत्यु भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाको सुचना अधिकारी प्रहरी निरिक्षक राजु शाहका अनुसार माघ २० गते साझ ७:५० वजेकाे समयमा कालिका १ राम्चे वाट कालिकास्थान तर्फ जाँदै गरेकाे बा. प्र.०२-०५० प ८३१२ नम्बर काे मेाटरसाइकल लाई साेहि दिशा वाट आएकाे बा. ५ ख ६३३२ नम्बर काे टिफरले ठक्कर दिदा घाईते भएकाे उक्त व्यक्ति लाई त्रिशूली अस्पताल लगिएकाे र उपचार काे क्रममा मृत्युु भएपछि डाक्टर ले मृत धाेषणा गरेकाे थियाे ।

मृत्यु हुनेमा नाैकुण्ड गाउँपालिका वडा नम्बर २ यार्सा काे अन्दाजी २१ वर्षिय याे माया तामाङ रहेकि छन ।माेटरसाईकलमा सवार २ जना मध्ये एक जना सकुशल रहेकाे प्रहरी ले जनाएको छ ।ठक्कर दिएकाे टिफर र चालक लाई प्रहरिले नियन्त्रणमा लिईसकेकाे र आवश्यक कारवाहि अगाडि वढाएकाे वताईएकाे छ ।