काठमाडौँ
नेपालमा टीभीएस मोटर कम्पनीका आधिकारिक वितरक तथा शंकर ग्रुपको सहायक कम्पनीले आफ्नो नयाँ राष्ट्रव्यापी ग्राहक योजना ‘टीभीएससँग सुनको सगुन’ विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार, यो अफर विश्व बजारमा बढ्दो सुनको मूल्यलाई बिहे तथा चाडपर्वको भावनात्मक मौसमसँग जोड्दै, ग्राहकलाई मूल्य र भरोसाको अनुभूति गराउने उद्देश्यले ल्याइएको हो ।
विशेष अफरको मूल भावना ग्राहकको जीवनका महत्वपूर्ण क्षण नयाँ परिवार, नयाँ घर र नयाँ यात्रासँग टीभीएसलाई विश्वासयोग्य साझेदारको रूपमा प्रस्तुत गर्नु हो । सुनको दीर्घकालीन मूल्य र टीभीएस सवारी साधनको विश्वसनीयता जोडेर, जगदम्बा मोटर्सले स्मार्ट निर्णय र भावनात्मक सन्तुष्टिलाई एउटै प्लेटफर्ममा ल्याउने प्रयास गरेको बताएको छ ।
अफर अवधिमा टीभीएस बाइक वा स्कुटर खरिद गर्ने ग्राहकहरूले नगद, फाइनान्स वा एक्सचेन्ज—सबै खरिद माध्यमबाट विभिन्न लाभ लिन सक्नेछन् । ग्राहकले दैनिक सुनको सिक्का जित्ने अवसर पाउनेछन् भने खरिदमा १ लाख रुपियाँसम्मको क्यास छुट पाउनेछन् । साथै, सबै मोडलमा एक्सचेन्ज सुविधा उपलब्ध हुने र ग्राहकले नागरिकता वा ड्राइभिङ लाइसेन्समार्फत सजिलो फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् । सबै टीभीएस मोडलमा लाइफटाइम वारेन्टी पनि प्रदान गरिने छ ।
‘टीभीएससँग सुनको सगुन’ विशेष अफर ४५ दिनसम्म, १८ माघदेखि ३ चैत्रसम्म, नेपालभरका सबै आधिकारिक टीभीएस शोरुममा लागू हुनेछ । यस अवसरमा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले प्रतिक्रिया दिँदै भने, “यो विशेष अफर नयाँ सुरुवातको उत्सव हो । हामी ग्राहकलाई केवल सवारी साधन मात्र होइन, दीर्घकालीन मूल्य र विश्वासको अनुभूति दिन चाहन्छौं ।”











प्रतिक्रिया