जगदम्बा मोटर्सद्वारा ‘टीभीएससँग सुनको सगुन’ विशेष अफर सार्वजनिक


काठमाडौँ
नेपालमा टीभीएस मोटर कम्पनीका आधिकारिक वितरक तथा शंकर ग्रुपको सहायक कम्पनीले आफ्नो नयाँ राष्ट्रव्यापी ग्राहक योजना ‘टीभीएससँग सुनको सगुन’ विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार, यो अफर विश्व बजारमा बढ्दो सुनको मूल्यलाई बिहे तथा चाडपर्वको भावनात्मक मौसमसँग जोड्दै, ग्राहकलाई मूल्य र भरोसाको अनुभूति गराउने उद्देश्यले ल्याइएको हो ।

विशेष अफरको मूल भावना ग्राहकको जीवनका महत्वपूर्ण क्षण नयाँ परिवार, नयाँ घर र नयाँ यात्रासँग टीभीएसलाई विश्वासयोग्य साझेदारको रूपमा प्रस्तुत गर्नु हो । सुनको दीर्घकालीन मूल्य र टीभीएस सवारी साधनको विश्वसनीयता जोडेर, जगदम्बा मोटर्सले स्मार्ट निर्णय र भावनात्मक सन्तुष्टिलाई एउटै प्लेटफर्ममा ल्याउने प्रयास गरेको बताएको छ ।

अफर अवधिमा टीभीएस बाइक वा स्कुटर खरिद गर्ने ग्राहकहरूले नगद, फाइनान्स वा एक्सचेन्ज—सबै खरिद माध्यमबाट विभिन्न लाभ लिन सक्नेछन् । ग्राहकले दैनिक सुनको सिक्का जित्ने अवसर पाउनेछन् भने खरिदमा १ लाख रुपियाँसम्मको क्यास छुट पाउनेछन् । साथै, सबै मोडलमा एक्सचेन्ज सुविधा उपलब्ध हुने र ग्राहकले नागरिकता वा ड्राइभिङ लाइसेन्समार्फत सजिलो फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् । सबै टीभीएस मोडलमा लाइफटाइम वारेन्टी पनि प्रदान गरिने छ ।

‘टीभीएससँग सुनको सगुन’ विशेष अफर ४५ दिनसम्म, १८ माघदेखि ३ चैत्रसम्म, नेपालभरका सबै आधिकारिक टीभीएस शोरुममा लागू हुनेछ । यस अवसरमा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले प्रतिक्रिया दिँदै भने, “यो विशेष अफर नयाँ सुरुवातको उत्सव हो । हामी ग्राहकलाई केवल सवारी साधन मात्र होइन, दीर्घकालीन मूल्य र विश्वासको अनुभूति दिन चाहन्छौं ।”