काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार बिहानदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपियाँले बढाएको हो । भने, पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट जनवरी ३१ मा प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १२ पैसा, डिजेलमा ४ रुपियाँ ६६ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ४५ रुपियाँ ४९ पैसाले मूल्य बढेर आएको छ ।
यस्तै, हवाई इन्धनको मूल्य भने प्रतिलिटर १०८ रुपियाँले घटेर आएको निगमले जनाएको छ । नयाँ खरिद मूल्यअनुसार नै आन्तरिक बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।











प्रतिक्रिया