काठमाडौं ।
त्याग, संघर्ष र निष्ठाको प्रतीकका रूपमा परिचित नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मोरङ निर्वाचन क्षेत्र नं. ६ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका छन्। लामो समयदेखि लोकतन्त्र, सुशासन र जनताको अधिकारका पक्षमा सक्रिय रहँदै आएका डा. कोइरालाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा जनताको विश्वास जित्ने दृढ संकल्प व्यक्त गरेका छन्।
डा. कोइरालाले विकास, सुशासन र समृद्धिको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य र रोजगारलाई आफ्नो प्रमुख प्राथमिकताका क्षेत्रका रूपमा अघि सारेका छन्। उनले गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुर्याउने, सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने तथा युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएका छन्।
मोरङ–६ का मतदातासँग भेटघाट तथा अन्तरक्रियाका क्रममा डा. कोइरालाले जनताको सुख–दुःखमा सधैं साथ रहने प्रतिबद्धता जनाएका छन्। उनले राजनीतिक पदलाई सेवाको माध्यमका रूपमा लिँदै पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापना गर्न आफू प्रतिबद्ध रहेको बताए।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा लोकतन्त्र, विकास र जनमुखी शासनका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै डा. शेखर कोइरालाले मोरङ–६ का सम्पूर्ण मतदातालाई आफूलाई मत दिएर समर्थन गर्न आग्रह गरेका छन्।












प्रतिक्रिया