काठमाडौँ ।
स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा दुवै धातुको मूल्यमा गिरावट आएको हो। आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र चाँदीको मूल्य रु सात हजार ६५ कायम भएको छ।
बिहीबार सुन रु तीन लाख ३९ हजार ३०० र चाँदी रु सात हजार ५०५ मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन पाँच हजार ५३७ अमेरिकी डलर र चाँदी ११७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।











प्रतिक्रिया