काठमाडौं ।
नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ । बिहीबार सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुग्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार एकैदिन २० हजार ५ सय रुपैयाँले बढेको हो । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ७ हजार ५ सय ५ कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा २०५ रुपैयाँले वृद्धि हो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च अवस्थामा पुगेको छ।
बिहीबार सुन प्रतिऔंस ५ हजार ५६० अमेरिकी डलर मा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस करिब १२० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । पछिल्ला केही दिनदेखि नेपाली बजारमा सुनको मूल्यसँगै अमेरिकी डलरको विनिमय दर पनि निरन्तर बढ्दो क्रममा छ। यसले सुनचाँदीको मूल्य थप चर्काएको व्यवसायीहरू बताउँछन् ।











प्रतिक्रिया