काठमाडौँ ।
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुने भएको छ। कैलाली क्षेत्र नम्बर १ बाट दर्ता गरिएको उम्मेदवारी आयोगले खारेज गरेपछि चौधरीले रिट दायर गरेका थिए।
उक्त रिट न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको हो। यसअघि न्यायाधीश ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो। चौधरीको उम्मेदवारी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएको थियो।











प्रतिक्रिया