फागुन २१ गतेको निर्वाचनलाई व्यवस्थित बनाउन कम्तीमा १२ समिति बनाउन कांग्रेसको निर्देशन


काठमाडौँ ।

नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनलाई व्यवस्थित बनाउन पार्टीका सबै तहमा कम्तीमा १२ समिति गठन गर्न निर्देशन दिएको छ। निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्माले बुधबार परिपत्र जारी गर्दै प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्र कार्यसमितिलाई अविलम्ब समिति गठन गर्न आग्रह गरेका हुन्।

परिपत्रमा निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, प्रचार प्रसार समिति, विभिन्न समन्वय समिति तथा अनुगमन समिति गठन गर्नुपर्ने उल्लेख छ। जहाँ समिति गठन भइसकेको छैन, त्यहाँ तुरुन्तै गठन गर्न र पार्टी पंक्तिलाई प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन दिइएको छ।