बीएनए र भक्ति क्वार्टरफाइनलमा


काठमाडौं ।

बसुन्धरा नेसनल एकेडेमी (बीएनए) र भक्ति सिमोन स्मृति दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बीएनएले ज्ञान संस्कारलाई २०–१६ ले पराजित ग¥यो । बीएनएका आयुश गौतमले ६ अंक जोडे । भक्तिले ग्रिनल्यान्डलाई २१–१९ ले हरायो । भक्तिका आदिप श्रेष्ठले ८ स्कोर गरे ।

जुनियर ब्वाइजमै ज्ञानभूमिले न्युटनलाई २२–१६ तथा हिमशिलाले बीएमसीएलाई २१–२० ले पाखा लगायो । ज्ञानभूमिका जेनिश भुसालले ७ तथा हिमशिलाका रेमोन कार्कीले ६ अंक जोडे ।

जुनियर गल्र्समा आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल ‘बी’ ले एनसीसीएसलाई २५–१७, भ्याली पब्लिकले सेन्ट जोसेफलाई २३–१८, बीएनएले मन्जरीलाई १८–१५ र क्यान्भास बसन्त ऋतुले भक्तिलाई २३–२१ ले पन्छ्याउदै अन्तिम आठमा स्थान सुरक्षित गरे ।