मुस्ताङ ।
मङ्गलबार रातिदेखि मुस्ताङसहित हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट र बाजुराका उच्च भेगमा भारी हिमपात भएको छ।
हिमपातका कारण डाँडाकाँडा सेताम्मे बनेका छन् भने कागबेनी–कोरला सडक तथा विभिन्न ग्रामीण सडक अवरुद्ध भएका छन्।
कतिपय स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ। हिमपात र वर्षाले स्याउ, गहुँ, जौँ, आलु लगायतका बाली सप्रने आशा पलाएको कृषि अधिकारीहरूले बताएका छन्। तर हवाई सेवा र दैनिक जनजीवनमा भने असर परेको छ।











प्रतिक्रिया