काठमाडौँ ।
नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका अधिकांश भूभागमा बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली छ ।
आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागमा पूर्ण बदली रही केही स्थानमा मध्यम हिमपातसहित वर्षा हुने सम्भावना छ । ती प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
राति पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।











प्रतिक्रिया