एजेन्सी
एआई यानि आर्टिफिशियल इन्टेलिजन्ेसबाट भिडियो बनाउने ट्रेन्ड अहिले निकै चलिरहेको छ । यसले गर्दा क्रिएटर्सका लागि एआई एक आवश्यक टूल नै बनिसकेको छ । चीनको कम्पनी कुआइशोउको क्लिन्ग प्लेफर्म पनि अहिले निकै चर्चामा रहेको छ ।
क्लिन्ग किन चर्चामा रह्यो भने यसले गूगलको भिईओ र ओपनएआईको सोरालाई कडा चुनौती दिइरहेको छ । यो अहिले एआई एडिटिंग टूलको लिस्टमा सामेल भइसकेको छ । क्लिङ सन् २०२४ मा लन्च गरिएको थियो । यसपछि यसले महिनामा लगभग १.२ करोड एक्टिभ यूजर्सको बेस बनायो । यसको वार्षिक आम्दानी लगभग २४ करोड अमेरिकी डलरसम्म पुगिसकेको छ ।
हालै सार्वजनिक गरिएको तथ्यांकअनुसार दिसेम्बर २०२४ मा यसले २ करोड अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको थियो । यसले गर्दा यसको वार्षिक कमाई १४ करोड अमेरिकी डलर भएको थियो । जनवरी २०२५ मा हरेक दिनको औसत कमाई पछिल्लो महिनाको तुलनामा लगभग ३० प्रतिशतले बढेको थियो ।











प्रतिक्रिया