बाजुरा।
अर्थ मन्त्रालयको निर्णय अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले नटेरेको बुझिएको छ । करदातासेवा कार्यालयलय साँफेबगर अछाम खारेज भएको झन्डै चार महिनापछि हस्तान्तरण गरेको चारपाँग्रै सवारी साधानसहित भौतिक सामान अछाममै रोकिदिएपछि अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले मन्त्रालयको निर्णय अटेर गरेको बुझिएको छ ।
गत कार्तिक १७ गते नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार उक्त कार्यालय खारेज भएको हो । देश भरका ३६वटा करदाता सेवा कार्यालय खारेज गरेसंगैं करदाता सेवा कार्यालय साँफेवगर अछाम कार्यालयमा भएका भौतिक सामान तथा चारपाङ्ग्रे गाडी सु.प.प्र.०४००१ घ ०००१ नम्वरको गाडी कोष तथा लेखा नियन्त्रकको कार्यालय बाजुरालाई हस्तान्तरण गर्ने निर्णय सहित अर्थमन्त्रालयको परिपत्र छ । गत पुस २३ गते मन्त्रीस्तरको निर्णय भई पुस २५ गते अर्थ मन्त्रालयको चलानी नम्मर २७५५मा चारपाँग्रे गाडी सहित सामान हस्तान्तरण गर्ने परिपत्रको अछामका प्रमुख जिल्ला अधिकारी बुढाले ठाडो उलंघन गर्दा कोलिनका बाजुरालाई हस्तान्तरण गरेको सामान अछाममै रोकिएको हो ।
नेपाल सरकारले करदाता सेवा कार्यालय अछाम खारेज गरेसंगै भौतिक सामाग्री लगायत चारपाँग्रे साधन हस्तान्तरण गर्ने निर्णय प्रजिअले कार्यान्वयन गर्न दिएनन् भन्ने सुनिन्छ किन रोक्नुभयो ? नेपाल समाचारपत्रसंगको टेलिफोन सम्पर्कमा अछामका प्रजिअ बोहराले भने मन्त्रालयका त्यस्ता निर्णय हुंदै गर्छन् ।
अछामलाई गाडी चाहिएको छ । अहिलेलाई दिन सकिन्न । सरकारले निर्णय गर्ने तपाइँ कार्यान्वयन गर्न अटेर गर्ने ? भन्ने जिज्ञाषामा सिडिओ बोहोराले भने अहिले निर्वाचन प्रयोजनका लागि रोकेको हो । निर्वाचनपछि बाजुरा पठाईदिन्छौं उनले भने ।बाजुरामा पनि त निर्वाचन हुंदै छ नि भन्ने सन्दर्भमा प्रजिअ बुढाले केही जवाफ दिनुभएन ।
मन्त्रालय विभागको परिपत्र आएपछि तत्कालिन करदाता सेवा कार्यालयमा सामान बुझ्न कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराका कर्मचारीलाई करदाता सेवा कार्यालय साँफे पठाएका थियौं । पाम्समा सामान बुझेको देखाए तर भौतिक रुपमा सामान बाजुरा पठाइएन कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराका कार्यालय प्रमुख कृष्नसिंं भण्डारीले भने । जिल्ला प्रशासासन कायार्यालय बाजुरा,अर्थमन्त्रालय,गृहमनत्रालय ,महालेखापरिक्षकको कार्यालय देखि प्रधानमन्त्रीको सचिवालय सम्म पत्राचार गरेका छौं ,तर सामान उपकरण ल्याउन सकिएको छैन कार्यालय प्रमुख भण्डारीले भने ।
मन्त्रालयको परिपत्र बोकेर सामान बुझ्न जांँदा अछामका प्रमुख जिल्ला अधिकारी यज्ञ वहादुर बुढाले उल्टै प्रहरी लगाएर गाडी रोके पछि गएका कर्मचारी निरिह भएर रित्तोहात फर्के कोलेनिका बाजुराका एक कर्मचारीले भने । १० हजार वढि ग्राहकका फायल, ब्यवसायिक पेनकार्ड, प्रिन्टर ,रंगिन प्रिन्टर कम्प्युटर, ल्यापटप काउन्टर लगायत महत्वपूर्ण कागजातहरु अछाममै थन्किदा बाजुरामा सेवाग्राहीलाई सेवप्रावह गर्न अप्ठेरो भएको छ कोलेनिका बाजुुरामा कार्यरत कर्मचारीको भनाई छ । सिडिओले गाडी रोकेपछि अरु सामान पिठ्युँमा बोकेर ल्याउने कुरो भएन कार्यरत एक कर्मचारीले भने ।
जिल्लामा दश हजार वढी सेवाग्रहीका फायल साँफेमै रोकिएपछि अहिले जिल्लामा सेवा प्रवहा गर्न अप्ठेरो भएको छ। एकातिर कामको बोझ बढेको छ भने दक्ष जनशक्ती नहुँदा कार्यसम्पादन गर्न गाह्रो भएको छ । सरकारले दिएको चारपाङ्ग्रे गाडी अछाममै रोकिदिँदा जिल्लाका दुर्गम बस्तीको बजार अनुगमन गर्न सास्ती भएको छ कोष तथा लेखा नियन्त्रण कार्यलयका लेखापाल धनबहादुर थापाले भने ।
करदातासेवा कार्यालय कोलेनिका वाजुरालाई हस्तान्तरण गर्ने उपकरण सामाग्री यथासीघ्र उपलब्ध गराई दिनु भनि अछामका सिडिओलाई टेलिफोन सम्पर्क गरें जिल्ला प्रशासनकार्यालय बाजुराबाट लिखित पत्राचार गरेका छौं तर हस्तान्तरित सामान जिल्लामा आएको छैन्, जिल्लाको भौगोलिक विकटतालाई मध्यनजर गर्दे छिमेकी जिल्ला अछामले सहजिकरण गर्नुपर्नेहो ,झन सामान रोकेर खिचलो गरेको छ बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो ।
करदाता सेवा कार्यालय अछामका कार्यालय प्रमुख राम बहादुर विकले यही माघ तिन गते सम्वन्धित फर्म ब्यक्तीका फायल तथा भौतिक सामग्री र चारपाङ्ग्रे गाडी बाजुरालाई हस्तान्तरण गरेका चलानी नंम्मर २११को पत्र बनाए । तर आफू कार्यलयमा नभएको वेला गाडी जवरजस्ती लगेर अछाम निर्वाचन क्षेत्रमा पठाएको उनले लेखेको पत्रको नोटमा उल्लेख छ ।
निर्वाचन प्रयोजनका लागि अछामले गाडी रोकेको हुंदै हैन हस्तान्तरण गरेको सामाग्री बाजुरा पठाउन नदिनु ठूलो षडयन्त्र भएको छ उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकायाको भनाई छ ।
अछाम निर्वाचन प्रयोजनकै लागि त सेतीलोक मार्ग,सडक विभाग बुढीगंगा हाईड्रोपावर, पूर्वाधार विकास, शहरी विकास आयोजना लगायत थुप्रै सरकारी कार्यालयसंग प्रयाप्त सवारी साधन छन् । बाजुरामा एउटै विकास आयोजना छैन , भाडाका सवारी साधन लिएर खर्चिलो यात्रा गर्नु परेको छ कोलेनिका बाजुराले जनाएको छ ।











प्रतिक्रिया