उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा गएको पुष महिनामा मात्र जम्मा ५३ थान मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक केदारमान दोङद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उक्त विवरण उल्लेख गरिएको छ ।
विज्ञप्तीमा उल्लेखित विवरण अनुसार सामान्य प्रकृतिका ४० गम्भिर खालका ९ र जघन्य खालका ४ थान गरी जम्मा ५३ थान मुद्दा दर्ता भएको छ । दर्ता चालु मुद्दाका ४५ जना प्रतिवादी मध्ये ३० जना प्रतिवादी पक्राउ गरिएको र १५ जना फरार रहेका छन् ।
अन्य मुद्दामा महिला बालकालिका तथा जेष्ठ नागरिक विरुद्धको कसुरमा ७ वटा, आर्थिक अपराधमा ८ वटा मुद्दा दर्ता भएको छ । फैसला कार्यान्यनतर्फ २६ जना फरा प्रतिवादी पक्राउ गरिएको छ भने ९ वर्ष ५ महिना १४ दिनको कैद सजाय भुक्तान गर्नु पर्ने र २लाख २५ हजार १० रुपैया जरिवाना असुल भएको विज्ञप्तीमा उल्लेख छ ।
महिल बालकालिका तथा जेष्ठ नागरिकतर्फ १४ वटा उजुरी दर्ता भएकोमा १४ जना नै पीडित भै १६ जना पीडकलाई कार्वाही गरिएको छ । पुष महिनामा जम्मा २३ जना हराएकामा महिला ९ जना, पुरुष ४ जना र बालिका १० जना रहेका छन् । हराएकामा पुषमा अघिल्लो महिनाका समेत कुल ३३ जना फेला परेका छन् । जसमा १५ महिला ११ पुरुष ३ बालक ३ बालिका १ जना जेष्ठ नागरिक गरी ३३ जना फेला परेका छन । पुष महिना मै हराएर पुष मै फेला परेकोको संख्या १४ जना रहेको उक्त विज्ञप्तीमा उल्लेख छ ।
घरेलु हिंसातर्फ पुष महिनामा जम्मा १४ वटा मुद्दा दर्ता भएको, मिलापत्र सम्बन्धी २६ उजुरी परेकोमा १४ वटा मिलापत्र भएको र १२ वटा काम बाँकी रहेको छ । ठाडो उजुरी तर्फ ७२ वटा निवेदन दर्ता भएकोमा ६७ वटामा मिलापत्र भएको र ५ वटाको काम बाँकी रहेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट १० थान उजुरी प्राप्त भएकोमा ५ थान मिलापत्र भएको ४ वटाको काम बाँकी रहेको र १ वटा उजुरी फिर्ता भएको सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक दोङद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
यस्तै लागु औषध कारोबारतर्फ ७६३ किलो ७६५ ग्राम गाँजा पक्राउ गरिएकोमा ३० किलो गाँजा बेवारिसे अवस्थामा पक्राउ गरिएको छ । गाँजा ओसारपसार गर्ने २ जना र १ थान चर पाङ्ग्रे बोलेरो पिकअप नियन्त्रणमा लिएर आवश्यक कार्वाही र्भरहेको उक्त विज्ञप्तीमा उल्लेख छ ।
१ जनालाई १ सय मिलीग्राम ब्राउन सुगर सहित, १ जनालाई २५ क्याप्सुल ट्रामाडोल—५० लेखिएको २५ थान, स्पसपेन लेखिएको १७ गोटी सहित पक्राउ गरिएको छ । २ जनालाई विभिन्न मनोद्धिपक सुईहरु डाइजेपाम १५५ एम्पुल,ब्रुपिनोर्फिन १५५ एम्पुल,फेनारगन १५५ एम्पुल गरी जम्मा ४६५ एमपुल सहित पक्राउ गरी कार्वाही भैरहेको विज्ञप्तीमा जनाइएको छ ।
आत्म हत्यातर्फ ७ जना झुण्डिएर १ जना विष खाएर ज्यान गएकोमा ४ जना पुरुष र ४ जना महिला रहेका छन् । पुष महिनामा जम्मा ४१ वटा सवारी दूर्घटना भएकोमा ५२ वटा सवारी दूर्घटनामा परेको २ जनाको ज्यान गएको र ७७ जना घाइते भै प्रहरीद्धारा उद्धार गरिएको छ । चालकको लापर्वाहीले २६ वटा, सवारी साधनका कारण ९ वटा अन्य कारणले ६ वटा सवारी दूर्घटना भएको विज्ञप्तीमा उल्लेख छ ।
पुष महिनामा १२ सय पटक सवारी चेकिङ ५सय २३ सवारी साधनलाई कार्वाहीबाट रु. ५लाख ७३ हजार राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी १ जनालाई अबैध भरुवा बन्दुक सहित पक्राउ गरी कार्वाही गरिएको, राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फ ३ लाख ४२ हजार ५ सय राजस्व संकलन गरिएको, अबैध वन पैदावार चोरी निकासी तर्फ ६२.७६ क्युफिट काठ बरामद गरी रु.१लाख ५३ हजार ५ सय ९५ रुपैया राजस्व संकलन गरेको सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तैगरी विपद सम्बन्धी जम्मा २४ वटा घटनामा १० वटा आगलागिका घटनामा २ जना घाइते भएको, १५ लाख ४० हजारको क्षती भएको, जंगली जनाबारका कारण १४ वटा घटना भएकामा १ जना घाइते भएको र १३ लाख ४५ हजार ५सय को क्षती भएको छ । विपद्को घटनाबाट कुल २८लाख ८५ हजार ५ सयको क्षती भएको विज्ञप्तीमा उल्लेख छ ।
जिल्लाभित्रका विभिन्न विद्यालयहरुमा ७१ वटा सामुदायिक कार्यक्रम संचालन गर्दा १ हजार ८ सय छात्रछात्रा लाभान्वित भएकाछन् । संचालित सामुदायिक कार्यक्रमहरुमा लागुऔषध, साइबर अपराध , आत्महत्या, महिला हिंसा, बालविवाह, विपद्, बालश्रम विरुद्ध, ट्राफिक सचेतना लगायतका रहेको जिल्ला प्रहरी कार्यालयद्धारा जारी विज्ञप्तीमा उल्लख छ ।
विद्यालय सचेतना मुलक कार्यक्रम विभिन्न विद्यालयहरुमा संचालन गर्दा जम्मा १४ वटा संचालन गरेकोमा ५ सय ७४ जना लाभान्वित भएका छन् ।अपराध न्युनिकरण गर्नकालागि जिल्ला प्रहरी कार्यालयबाट भएका प्रयासहरुमा गस्ती निगरानी सुचना संकलनको विस्तार, अपराध विरुद्धको जनचेतना कार्यक्रम, सिसिक्यामरा निगरानी, सूचना संकलन तथा अनुसन्धान विश्लेषण, अबध गतिविधि नियन्त्रण लगायतका रहका छन । यसका साथै नियमित रुपमा गस्ती गर्ने गराउने, चेकिङ गर्ने, स्थानीयलाई सचत गराउन सूचना प्रवाह गर्ने कार्य पनि गर्ने गरेको र विशेष परिस्थितिका समयमा पनि प्रहरी परिचालनलाई प्राथमिकता दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।











प्रतिक्रिया