काठमाडौँ ।
पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ–३ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुँदै देशको समग्र उज्यालो ल्याउन राजनीतिमा होमिएको बताएका छन्।
बौद्ध क्षेत्रका घरदैलो कार्यक्रममा उनले एक क्षेत्र मात्र उज्यालो बनाएर देश समृद्ध नहुने भन्दै देशभरको विकास र भ्रष्टाचारमुक्त नेतृत्व आवश्यक रहेको बताए।
घिसिङले मतदातालाई पुराना दल र नेताप्रति पुस्तौँको परम्परा अनुसार भोट नहाल्न आग्रह गर्दै नयाँ र प्रमाणित नेतालाई अवसर दिन सुझाव दिए। सडक, बत्ती लगायत स्थानीय समस्याको समाधानमा आफू प्रतिबद्ध रहेको उनले बताए।
विजयी भए जनताको काममा निरन्तर लाग्ने र अर्को निर्वाचनमा भोट माग्न नआउने उद्घोष पनि गरे।











प्रतिक्रिया