नेपाली कांग्रेसले माघ १६ गते जनकपुरधाममा तय गरेको मधेशको चुनावी सभा स्थगित


जनकपुरधाम ।

नेपाली कांग्रेसले माघ १६ गते जनकपुरधाममा तय गरेको मधेशको चुनावी सभा स्थगित गरेको छ।

मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गरिएको हो।

आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिने जानकारी दिइएको छ। कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै आयोगको निर्णयको सम्मान गरेको छ।